बोर्डको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीहरुको लगानी खुला गर्न कानुन संशोधन गरिने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०।०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले गैरआवासीय नेपालीहरुको लगानी खुला गर्न धितोपत्र कानुनहरुको संशोधन गर्ने बताएको छ ।
बोर्डले नीतिगत तथा कानुनी ब्यवस्था तथा सुधारका लागि ६ वटा लक्ष्य लिएको छ । धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीहरुको लगानी खुला गर्न धितोपत्र सम्बन्धी कानुन हरुमा आवश्यक संशोधन तथा परिमार्जन गरिने जनाएको छ ।














