प्रतिष्ठित दुई अवार्डले हिमालयन एभरेष्टलाई नयाँ नयाँ प्रडक्ट ल्याउन थप प्रोत्साहन गरेको छ: सीइओ शाह
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत (सीइओ) विजय बहादुर शाहले नेपाली बीमा क्षेत्रको उचाई बढेको बताए ।
अन्तर्राष्ट्रिय दुई अवार्ड प्राप्तिपछि राजधानीमा आइतबार आयोजना गरिएको एक खुशीयाली समारोहमा सीइओ शाहले यस्तो बताएका हुन् । उनले अन्तर्राष्ट्रिय अवार्डले निकै उत्साहित बनाएको बताए ।
उनले भने,– यस्ता पुरस्कारले नेपाली बीमा क्षेत्रलाई थप उचाईमा पुर्याएको छ । यसबाट हामी अत्यन्त खुशी छौं, आगामी दिनमा पनि कम्पनीलाई अझ प्रविधिमैत्री र आधुनीकीकरण गर्दै लैजाने प्रेरण मिलेको छ।’
उनले प्रतिष्ठित अवार्डले कम्पनीलाई अझ थप नयाँ नयाँ प्रडक्ट ल्याउन प्रोत्साहन गरेको बताए । उनले भने,–‘हामीलाई थप नयाँ प्रडक्ट ल्याउन र सेवा प्रदान गर्न प्रोत्साह मिलेको छ । अब बीमा व्यवसायलाई समय सापेक्ष प्रविधिकमैत्री, आधुनीक र व्यवसायिक बनाउँदै लैजानेछौं ।’
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले दुई अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । कम्पनीले इन्क्लुजन इनीसीएटीभ अफ द इयर नेपाल र न्यू इन्स्योरेन्स प्रडक्ट अफ द इयर नेपाल विधामा कम्पनीले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो । इन्स्योरेन्स एशिया सिंगापुरले यी दुई वटा प्रतिष्ठित पुरस्कार यही २०२३ जुलाई २९ मा प्राप्त गरेको हो ।
सिंगापुरामा आयोजित एक भव्य समारोहका बीच हिमालयन एभरेष्टका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत (सीइओ) विजय बहादुर शाहले ग्रहण गरेका थिए । सो पुरस्कार आइतबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले सार्वजनिक गरेका थिए ।













