२५ श्रावण २०८३, सोमबार

लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डको लाभांश घोषणा



काठमाडौं । लक्ष्मी क्यापिटलले संचालन गरेको २ वटा सामुहिक लगानी कोष योजनाको लाभांश घोषणा भएको छ ।

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डले लाभांश गरेका हुन् ।

क्यापिटलको संचालक समिति बैठकले लक्ष्मी इक्विटी फण्ड बाट ८ प्रतिशत नगद लाभांश (करसहित) र लक्ष्मी उन्नति कोष बाट ९.५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो ।