मनकामना इन्जिनियरिङ्गको आइपीओ पर्यो कि ? यी चार तरिकाबाट हेर्नुहोस् नतिजा
काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट भएको छ ।
वैदेशिक रोजगारीमा रहेका २० हजार जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् । जसमा ५ हजार २१८ जनाको हात रित्तो भएको छ भने १ जनाको आवेदन रद्द भएको हो ।
स्थानियमा ७२२ जना स्थानीय आवेदक सबैले माग अनुसार नै सेयर पाएका छन् । स्थानीयले खरिद नगरेको बाँकी सेयर अब सर्वसाधारणलाई थप गरी निष्कासन हुनेछ ।
आइपीओ बाँडफाँटको नतिजा यी तरिकाबाट हेर्नेसकिनेछ ।
सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://bokcapital.com.np/
मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login
मनकामना इन्जिनियरिङको वेबसाइटः http://www.hydromanakamana.com.np/













