मंगलबार यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । साताको तेस्रो दिन बजार दोहोरो अकंले घटेको छ । बजार ओरालो लाग्दा कारोबार र परिसूचक समेत निरन्तर ओरालो लागि रहेको छ ।
साताको तेस्रो दिन बजार २८.५९ अकंले घटेर २०७७.५८ बिन्दुमा बन्द भएको छ । आज २६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सुपर मादी हाइड्रोपावरको ४.६० प्रतिशत, सिक्लेस हाइड्रोपावरको १.९३ प्रतिशत, बिओके डिबेञ्चरको १.८४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

साथै, आज किसान लघुवित्तको ६.५४ प्रतिशत, हिमालयन लघुवित्तको ५.५७ प्रतिशत, जोशि हाइड्रोपावरको ४.२१ प्रतिशतले सेयर मूल्य घटेको छ ।
