वितरणयोग्य नाफा बढाएको माछापुच्छ्रे बैंकले १५.२९ प्रतिशतसम्म दिनसक्छ लाभांश, यस्तो छ १६ वर्षे इतिहास « Arthapath.com
१४ असार २०८२, शनिबार

वितरणयोग्य नाफा बढाएको माछापुच्छ्रे बैंकले १५.२९ प्रतिशतसम्म दिनसक्छ लाभांश, यस्तो छ १६ वर्षे इतिहास



काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा माछापुच्छ्रे बैंकले अधिकांश वित्तीय सूचकहरुमा सकरात्मक प्रगति गरेको छ ।

बैंकले १ अर्ब ८५ करोड ११ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा भने ९.७५ प्रतिशतले बढी हो ।

बैंकले बुधवार सार्वजनिक गरेको गत आवको चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी पनि १०.४३ प्रतिशतले वृद्धि भई ५ अर्ब ३८ करोड ६६ लाख ८५ हजार रुपैयाँ पुर्याएको छ । बैंकको संचालन नाफा पनि २ अर्ब ६९ करोड ८३ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी(इपिएस) पनि १ रुपैयाँ ६० पैसाले वृद्धि भई १८ रुपैयाँ ५ पेसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ १० पैसा कायम भएको छ ।

वित्तीय रिपोर्ट अनुसार वितरणयोग्य नाफामा उछाल देखिएको छ । समिक्षा वितरणयोग्य नाफा २.६२ गुणाले वृद्धि भएको छ । अघिल्लो आवको तुलनामा बैंकको वितरणयोग्य नाफा १६२.६६ प्रतिशतले वृद्धि भई १ अर्ब ५६ करोड ७६ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आवमा भने बैंकको यस्तो नाफा ५९ करोड ७२ लाख ४४ हजार रुपैयाँ मात्रै रहेको थियो । यसका आधारमा बैंकले आफ्ना सेयधनीहरुलाई १५.२९ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ । बैंकले सेयरधनीले गत आवको मुनाफाबाट १५.२९ प्रतिशत लाभांश पाउने देखिएको हो ।

हाल बैंकको चुक्तापुँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने ६ अर्ब ६ करोड ४८ लाख ५४ हजार रुपैयाँ राखेको छ ।

यस्तो छ बैंकको १६ वर्षे लाभांश इतिहास:


प्रतिक्रिया दिनुहोस्