कामना सेवा विकास बैंकले कमायो ४३ करोड बढी नाफा: खराब कर्जा र वेसरेट पनि घट्याे

काठमाडौं । कामना सेवा विकास बैंकले ४३ करोड रुपैयाँ बढी खुद नाफा कमाएको छ । बैंकले बिहीवार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणल यस्तो देखाएको हो ।
समिक्षा अवधिमा बैंकले ४३ करोड ११ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, अघिल्लो आवको तुलनामा भने बैंकको नाफामा २६.९३ प्रतिशतले कमी हो । अघिल्लो आवमा बैंकले ५९ करोड बढी नाफा कमाएको थियो ।
गत आवकाे तुलनामा बैंकले खराब कर्जा भने घटाउन सफल भएकाे छ । तेस्राे चाैमासमा ३.२७ प्रतिशत रहेकाे खराब कर्जा चाैथाे चाैमास २.९८ प्रतिशतमा झरेकाे छ । केही सुधार आएकाे हाे । बैंककाे वेसरेट १२.५६ बाट घटेर ११.९३ प्रतिशतमा आईपुगेकाे छ ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेको छ । तर, संचालन खर्च तथा इम्पेरमेन्ट चार्ज वृद्धि भएपछि नाफा घटेको हो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.६५ प्रतिशतले वृद्धि २ अर्ब १६ करोड ५० लाख रुपैयाँ कायम भएको छ। बैंकको कुल संचालन आम्दानी पनि ४.५५ प्रतिशतले वृद्धि भई २ अर्ब ४१ करोड ९४ लाख रुपैयाँ बढी पुगेको छ।
यता, संचालन नाफा भने २०.०५ प्रतिशतले घटेर ६९ करोड १५ लाख रुपैयाँ कायम भएको छ । बैंकको वितरणयोग्य नाफा ५ करोड ८० लाख रुपैयाँ छ ।
बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ राखेको छ ।
समिक्षा अवधिमा बैंकको खराब कर्जा पनि केही वृद्धि भई २.९८ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ४६ पैसा रहेको छ ।