७ श्रावण २०८३, बिहिबार

हाथवे इन्भेष्टमेन्ट नेपालको आइपीओमा अन्तिम दिनसम्म २७ हजार ७८६ जनाले दिए आवेदन



काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको निष्काशन गरेको आइपीओमा अन्तिम दिनसम्म ७ करोड ४३ लाख ५४ हजार रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड किलयरिङ्गका अनुसार आज अर्थात साउन १८ गते साँझ ५:०६ बजेसम्म २७ हजार ७८६ जनाले १४ लाख ८७ हजार ८० कित्तााको लागि आवेदनन दिएका हुन् ।

कम्पनीले पहिलो चरणमा साउन ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्ने भएको हो । प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्नेछ । जसमा कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

साथै, कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५ सय कित्ता सेयर कर्मचारीहरुका लागि निष्कासन गर्नेछ । त्यस्तै, ७३ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि जारी गर्नेछ । बाँकी रहेको २४ लाख २७ हजार ७५० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्काससन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्