सांग्रिला डेभलपमेन्ट बैंकको मुनाफा ३४ करोड ३७ लाख माथि, यस्ता छन् अन्य सूचक (विवरणसहित) « Arthapath.com
२० श्रावण २०८०, शनिबार

सांग्रिला डेभलपमेन्ट बैंकको मुनाफा ३४ करोड ३७ लाख माथि, यस्ता छन् अन्य सूचक (विवरणसहित)



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा ३४ करोड ३७ लाख २१ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ३४.७९ प्रतिशतले कम हो । बैंकले आघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५२ करोड ७१ लख ७३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी ६.६७ प्रतिशतले बढेर १ अर्ब ८० करोड ४१ लाख ६० हजार रुपैयाँ पुगेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६९ करोड १२ लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यसअवधि बैंकको संचालन नाफा ५० करोड ५१ लाख ७२ हजार रुपैयाँ रहेको छ भने अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा ७४ करोड १२ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २४ करोड ८९ लाख ५४ हजार रुपैयाँ, चुक्ता पूँजी ३ अर्ब २६ करोड ७५ लाख रुपैयाँ, जगेडा कोष १ अर्ब ३ करोड ९१ लाख रुपैयाँ र बैंकका अनुसार खराब कर्जा १.३९ प्रतिशतबाट बढेर ३.०६ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ४२ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्