सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ भोलि बाँडफाँट हुने, कतिले पाउछन् सेयर ?
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा भोलि अर्थात साउन २२ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्र्चन्ट बैंकिङका अनुसार सोमबार बाँडफाँट गर्ने तयारी गरेको हो ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेको थियो । आइपीओमा अन्तिम दिनसम्म ४३ करोड ४३ लाख ७० हजार ५५० रुपैयाँ संकलन भएको थियो । २८ हजार ७४१ जना आवेदकले १८ लाख १७ हजार ४५० कित्ता लागि आवेदन दिएका थिए ।
माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशत अर्थात ९६ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गरेको थियो । जसमा प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरेको हो ।
आइपीओमा अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरी कुल २३९ रुपैयाँ दरमा आइपीओ जारी गर्न लागेको थियो ।













