आइतबार दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ? « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

आइतबार दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?



काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजारमा दोहोरो अंकले घटेको छ । आज बजार ३८.३७ अकंले घटेर २०५१.४७ बिन्दुमा बन्द भएको हो ।

आइतबार २६५ कम्पनीको ८० लाख ७ हजार ३६१ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ६८ करोड ७१ लख ४८ हजार २३४ रुपैयाँको कारोबार भएको छ ।

आइतबार दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिका मिडियाको सेयरमा सकरात्मक सर्किट लागेको हो ।

कृषि विकास बैंकका ६.७३ प्रतिशत, पिपुल्स पावर लिमिटेडको ४.०२ प्रतिशत, नेपाल एसबिआई डिभेञ्चर २०८३ को ३.९५ प्रतिशत, सनराइज बुलुचिप फण्डको ३.९१ प्रतिशत, सूपर मादी हाइड्रोपावरको ३.४७ प्रतशत, सामुदायिक लघुवित्तको २.८२ प्रतिशत, सिटिजन्स म्युचुअल फण्डको २.१९ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्