७ श्रावण २०८३, बिहिबार

माण्डु हाइड्रोपावरको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा !



काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरेको आइपीओ बाँडफाँट गरेको हो र

कम्पनीले १ लाख ३६ हजार ३६४ कित्ता सेयर धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा बाँडफाँड सम्पन्न भएको छ । नेपाल सरकारको सम्बन्धित निकायवाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको हकमा १० कित्ता देखि १ हजार ५०० कित्ता सम्म आबेदन दिने १३ हाजार ६३६ आवेदकहरुलाई १० कित्ता र २० कित्ता देखि १ हजार ५०० कित्ता सम्म आवेदन दिने ५ हजार ६६५ जना मध्ये गोलाप्रथाबाट ४ जनालाई थप ४ कित्ता सेयर बाँडफाँट गरेको हो ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्