७ श्रावण २०८३, बिहिबार

याम्बालिङ हाइड्रोपावरको साधारण सभा भदौ १३ गते , के-के छन् एजेण्डा ?



काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडको तेस्रो वार्षिक साधारण सभा भदौ १३ गते बोलाएको छ । साउन २१ ग्ते बसेको सञ्चालक समितिको बैठकले सभा होटल हार्दिक, बागबजार, काठमाडौंमा बिहान साढे ८ बजे आव्हान गरेको हो ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ ।

सभामा आइपीओ निष्काशन गर्ने प्रस्ताव हुनेछ । साथै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । कम्पनीको नियामावली बमोजिम संस्थापक समूहबाट ४ जना र स्वतन्त्रबाट १ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पेश हुनेछ ।


प्रतिक्रिया दिनुहोस्