नबिल बैंकको ४ लाख ८२ हजार कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउछन् आवेदन ?

काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ८२ हजार ८०८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
बैंकले यस अघि विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्र विक्री खुला गर्दा वितरण हुन नसकेको सेयर सर्वसाधारणले खरीद बिक्री खुला गरेको छ ।
उक्त सेयर खरिदको लागि इच्छुक व्यक्ति संघ-संस्थहरु कम्पनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको सात दिनभित्र बैंकको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नक्साल, काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।