मुक्तिनाथ र गरिमाको नाफा अर्ब क्लबमा, शाइन रेसुङ्गा र लुम्बिनीको प्रतिस्पर्धा, ज्योतिलाई पछ्याउदैं महालक्ष्मी « Arthapath.com
२२ श्रावण २०८०, सोमबार

मुक्तिनाथ र गरिमाको नाफा अर्ब क्लबमा, शाइन रेसुङ्गा र लुम्बिनीको प्रतिस्पर्धा, ज्योतिलाई पछ्याउदैं महालक्ष्मी



काठमाडौं । राष्ट्रिय स्तरका आठ विकास बैंकले गत आर्थिक वर्ष २०७९।०८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय रिपोर्ट अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकहरुको मुनाफामा घटेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा राष्ट्रिय स्तरका आठ विकास बैंकहरुले ५ अर्ब ८१ करोड ९२ लाख ९२ हजार रुपैयाँ नाफा कमाएका छन् । जुन अघिल्लो आर्थिक वर्षको भन्दा उक्त नाफा ७.८२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा यी आठ बैंकहरुको मुनाफा ६ अर्ब ३१ करोड ३३ लाख ३८ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा पाँच विकास बैंकको मुनाफा खस्केको छ । मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको मुनाफामा भने सुधार देखिएको हो ।

मुक्तिनाथलाई पछ्याउदैं गरिमा, अन्य अवस्था कस्तो ?
राष्ट्रिय स्तरका विकास बैंक मध्य निरन्तर आफ्नो अग्रता कायम राख्दै आएको मुक्तिनाथ विकास बैंकले नम्बर वान पोजिसनलाई निरन्तर दिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ३६ करोड ३८ लाख ६७ हजार रुपैयाँ मुनाफा गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १.६४ प्रतिशतले बढी हो ।

गरिमा विकास बैंकले मुक्तिनाथलाई पछ्याइ रहेको छ । गरिमाको नाफा मुक्तिनाथ भन्दा १४ करोड ६४ लाख ९६ हजार रुपैयाँले कम रहेको छ । गरिमा विकासले यस अवधिमा मुनाफा १८.१८ प्रतिशतले बढाएर १ अर्ब २१ करोड ७३ लाख ७१ हजार रुपैयाँ पुराएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको मुनाफा १ अर्ब ३ करोड १३ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, तेस्रो नम्बरमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा ६४ करोड ८७ लाख ७ हजार रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा आफ्नो नाफा २१.२९ प्रतिशतले बढाएर ७८ करोड ६८ लाख २६ हजार रुपैयाँ पुगाएको छ । शाइन रेसुङ्गा नाफा बढाउनेमा भने पहिलो नम्बरमा भने पहिलो नम्बरमा रहेको छ ।

पाँच विकास बैंकको मुनाफा घट्यो, कुनको कति ?
गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट अनुसार पाँच राष्ट्रिय स्तरका विकास बैंकको मुनाफा घटेको छ । सबैभन्दा बढी मुनाफा घटाउने बैंकमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको मुनाफा ४७.९४ प्रतिशतले घटेको छ । महालक्ष्मीको मुनाफा घटाए पनि नाफा कमाउने बैंकमा छैटो नम्बरमा रहेको छ । कम्पनीको मुनाफा ४७ करोड ९ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, नाफा कमाउने चौथो नम्बरका लुम्बिनी विकास बैंक रहेको छ । बैंकको मुनाफा ६१ करोड २४ लाख ८२ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ३.८७ प्रतिशतले कम हो । लुम्बिनीलाई ज्योति विकास बैंकले पछ्याइ रहेको छ । ज्योतिको नाफा महालक्ष्मीको भन्दा ५ करोड ९२ लाख ८१ हजार रुपैयाँले कम रहेको छ ।

यस अवधिमा ज्योति विकास बैंकको नाफा ५५ करोड ३२ लाख १ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १७.४३ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा भने ६७ करोड १ हजार रुपैयाँ रहेको थियो ।

त्यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकको मुनाफा राष्ट्रिय स्तरका विकास बैंक मध्य सबै भन्दा कम रहेको छ । सांग्रिलाको मुनाफा ३८ करोड ३३ लाख ८५ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको भन्दा २१.८७ प्रतिशत रहेको छ ।

सांग्रिलाको नाफा मुक्तिनाथ सेवा विकास बैंक भन्दा ४ करोड ७८ लाख १३ हजार रुपैयाँले कम हो । कामनाको मुनाफा ४३ करोड ११ लाख ९८ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा २६.९२ प्रतिशतले कम हो ।


प्रतिक्रिया दिनुहोस्