वित्त कम्पनीहरुको लाभांश क्षमता कमजोर हुदाँ लगानीकर्ता निराश, निरन्तर घट्यो बजार

काठमाडौं । लगातार चार दिन बजार राताम्य भएको छ । गत साताका अन्तिम दुई कारोबारको दिन घटेको बजार यो साताका सुरुवातका दुई दिन पनि बजार राताम्य भएको हो । बजार आज सामान्य अकंले घटेको हो ।
बैंक तथा वित्तीय संस्थाले धमाधम गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको रिपोर्ट सार्वजनिक गरेका छन् । वित्तीय रिपोर्टमा अनुुसार वाणिज्य बैंक र विकास बैंकको लाभांश क्षमता कमजोर देखिएको छ । अघिल्लो आवको भन्दा लाभांश क्षमता बैंकहरुको कमजोर देखिदा लगानीकर्ता निराश बनेका छन् ।
वित्तीय प्रणालीमा तरलता सहज बन्दै गएको, अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भएको, रेमिटेन्स बढेको, शोधनान्तर राम्रो अवस्था र वैदेशिक मुद्रा सञ्चिति पनि ठीक रहेको बेला बैंक तथा वित्तीय संस्थाको लाभांश क्षमतामा आएको कमिले बजारले ओरालो यात्रा तय गरेको देखिन्छ ।
वित्तीय अवस्था राम्रो रहेका र लाभांश क्षमता बलियो रहेका कम्पनीका लगानी गर्ने उपयुक्त वातावरण रहेको बेला लाभांश क्षमता नै कम्पनीको कमि आउँदा बजार प्रभावित बनेको छ ।
बजार आज ३.२१ अकंले घटेर २०४८.२६ बिन्दुमा बन्द भएको छ । सोमबार ६६ लाख ४७ हजार १४३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार ९ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.९४ प्रतिशत, हाइड्रोपावर समूहको ०.३३ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.०४ प्रतिशत र अन्य समूहको ०.३६ प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज आइएमई लाइफको ४३ करोड ६२ लाख ५९ हजार रुपैयाँ र नेपाल रिपब्लिका मिडियाको ८ करोड २५ लाख रुपैयाँ रहेको छ ।
