नेपाल रिपब्लिका मिडियाको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार सामान्य अंकले घटेको छ । आज बजार ३.२१ अकंले घटेर २०४८.२६ बिन्दुमा बन्द भएको हो ।
आज २६७ कम्पनीको ६६ लाख ४७ हजार १४३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ रुपैयाँको कारोबार भएको छ ।
सोमबार एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज नेपाल रिपब्लिका मिडियाको सेयरमा सकरात्मक सर्किट लागेको हो । कम्पनीको सेयर ९.९ढ प्रतिशत अथवा प्रतिकित्ता २७ रुपैयाँ ५० पैसाले बढेर प्रतिकित्ता ३०२ रुपैयाँ ९० पैसा कायम रहेको छ ।
साथै, गोर्खाज फइनान्सको ९.७४ प्रतिशत, स्वभिमान लघुवित्त वित्तीय संस्थाको ८.१६ प्रतशत, रिभर फल्स पावर कम्पनीको ७.४८ प्रतिशत, ज्योति विकास बैंकको ६.५३ प्रतिशतले सेयर मूल्य बढेको छ ।
