१२३ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । सोमबार बजार ३.२१ अकंले घटेर २०४८.२६ बिन्दुमा बन्द भएको हो । आज २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ रुपैयाँको कारोबार भएको छ ।
सो दिन छ्याङ्दी पावर लिमिटेडको ६.४५ प्रतिशतले सेयर मूल्य घटेको छ । आज कम्पनीका लगानीकर्ताले प्रतिकित्ता १६ रुपैयाँले गुमाएका छन् ।
साथै, आज पिपुल्स पावर कम्पनीको ४.६२ प्रतिशत, विजय लघुवित्तको ४.४८ प्रतिशत, मोलुङ हाइड्रोपावरको ४.४५ प्रतिशत, हिमालयन लघुवित्त वित्तीय संस्थाको ४.३९ प्रतिशत सहित १२३ कम्पनीको सेयर मूल्य घटेको छ ।
