७ श्रावण २०८३, बिहिबार

अन्तिम दिनसम्म कति पर्यो अप्पर लोहोरे खोलाको आइपीओमा आवेदन ?



काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरले निष्काशन गरेको आइपीओमा आज अन्तिम दिनसम्म १ अर्ब ५१ करोड ३२ लाख २१ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात साउन २२ गते साँझ ५:०६ बजेसम्मा १३ लाख ४३हजार २६ जनाले १ करोड ५१ लाख ३२ हजार २१० कित्ताको लागि आवेदन दिएका हुन् । कम्पनीले साउन १८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन हो ।

कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९५ अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो । यसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइ बाँडफाँट भइसकेको छ । कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता सेयर छुट्याइएको छ । बाँकी १९ लाख ५३ हजार २७९ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्