खराब कर्जा नियन्त्रणमा केन्द्रित वाणिज्य बैंकहरु: एभरेष्ट र एनआईसी एशियाको १ प्रतिशत तल, कुनको कति ? « Arthapath.com
१३ असार २०८२, शुक्रबार

खराब कर्जा नियन्त्रणमा केन्द्रित वाणिज्य बैंकहरु: एभरेष्ट र एनआईसी एशियाको १ प्रतिशत तल, कुनको कति ?



काठमाडौं । वाणिज्य बैंकहरुको खराब कर्जा अहिले २.७० प्रतिशत छ । संचालनमा रहेका वाणिज्य बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमसिक वित्तीय रिपोर्टले यस्तो देखाएको हो ।

गत आवको असार मसान्तसम्म आउँदा बैंकहरुको खराव कर्जा अनुपात घटेको छ । असार मसान्तसम्ममा खराब कर्जा ५ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको थियो । तर, सो अवधिमा यस्तो कर्जा नियन्त्रणमा देखिएको छ ।

गत आवको तेस्रो त्रैमासको तुलनामा आर्थत तीन महिनामा बैंकहरुले खराब कर्जा नियन्त्रण गरेको देखिएको छ । विवरण अनुसार गत चैत मसान्तसम्म बैंकहरुको औसत खराव कर्जा अनुपात ३ प्रतिशत भन्दा माथि पुगेको थियो । तर, असार मसान्तसम्म आउँदा घटेर २.७० प्रतिशत कायम भएको छ ।

असार मसान्त नजिकीएसँगै बैंकहरुले ऋण असुलीमा बढी केन्द्रीत भएका थिए । साथै, केन्द्रीय बैंकले पनि आर्थिक संकटबाट प्रभावित क्षेत्रको कर्जालाई पुनरतालिकीकरण र पुरसंरचना गर्न दिने नीति ल्याएको थियो । सोही कारण पनि बैंकहरुको खराब कर्जा अनुपात घट्न सहयोग पुगेको बैंकहरु बताउछन् ।

यद्यपि, अवस्था सामान्य बनी सकेको छैन । सबै ऋण असुल हुन सकेका छैनन् । त्यसले गर्दा खराब कर्जा अनुपात सामान्य अवस्थामा आउन नसकेको उनीहरुको भनाइ छ । बिशेषगरि पछिल्लो समय देखिएका आर्थिक संकटका कारण बैंकहरुको कर्जा असुल हुन सकेको थिएन । आर्थिक संकटका कारण अधिकांश क्षेत्रको व्यवसायीक आम्दानीमा ह्रास आएको थियो । त्यसको असरले ऋणीहरुको ऋण तिर्ने क्षमता घटेको थियो । महंगी, खर्च बढी, उच्च व्याजदर लगायतका कारण पनि ऋणीहरुको ऋण तिर्ने क्षमता घटेको थियो । फलस्वरुप बीचमा उनीहरुले कर्जाको किस्ता तथा व्याज तिर्न तिर्न सकेका थिएन । यसले गर्दा स्वत रुपमा बैंकहरुको खराब कर्जा बढेको थियो । ऋणीले ६ महिनासम्म कर्जाको सावा तथा व्याज भुक्तानी नगरेमा त्यस्तो ऋण खराब कर्जामा पर्ने व्यवस्था छ ।

एभरेष्ट र एनआईसी एशियाको खराब कर्जा १ प्रतिशत कम

गत आवमा एभरेष्ट बैंक र एनआईसी एशिया बैंकको खराब कर्जा १ प्रतिशतभन्दा कम रहेको छ । समिक्षा अवधिमा एभरेष्टको यस्तो कर्जा शून्य दशमलव ७९ प्रतिशत कायम भएको छ । यता, एनआईसी एशिया खराब कर्जा पनि शून्य दशमलव ८० प्रतिशत रहेको छ ।

५ बैंकको खराव कर्जा ४ प्रतिशत माथि

वित्तीय विवरण अनुसार ५ वटा बैंकहरुको खराब कर्जा भने ४ प्रतिशतभन्दा माथि रहेको छ । समिक्षा बर्षमा कुमारी बैंकको खराब कर्जा अनुपात सबैभन्दा धेरै देखिएको छ । असार मसान्तसम्म कुमारी बैंकको खराब कर्जा ४.७७ प्रतिशत पुगेको छ ।

दोस्रो स्थानमा हिमालयन बैंक छ, उक्त बैंकको खराब कर्जा ४.५७ प्रतिशत छ । तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंककोको ४.३५ प्रतिशत खराब कर्जा अनुपात छ । यसैगरि प्राइमको ४.२३ प्रतिशत र प्रभु बैंकको ४.१६ प्रतिशत खराब कर्जा अनुपात छ ।

कुनको कति ?


प्रतिक्रिया दिनुहोस्