८ श्रावण २०८३, शुक्रबार

दुई वर्षसम्मको तलब सुविधासहित ‘भीआरएस’ मार्फत कर्मचारीलाई बिदा गर्दै प्रभु बैंक



काठमडौं । प्रभु बैंकले कर्मचारीहरुको स्वेच्छिक अवकास योजना (भीआरएस) ल्याएको छ । बैंकले साउन २२ गतेरदेखि भीआरएस सुविधा ल्याएको छ ।

बैंकले भीआरएस मार्फत कर्मचारी कटौती गर्न लागेको हो । बैंकले सोमबार १५ दिने म्याद दिएर भीआरएस ल्याएको छ ।
साविकको सेञ्चुरी बैंकलाई प्राप्ति गरेको ६ महिनापछि प्रभुले कर्मचारीलाई भीआरएस दिन लागेको छ ।

प्रभुले सेञ्चुरी बैंकलाई प्राप्ति गरि गत वर्ष २०७९ पुस २२ गतेदेखि एकीकृत कारोबार थालनी गरेको थियो । तर, हाल आएर बैंकले कर्मचारी व्यवस्थापनका लागि भीआरएस योजना ल्याएको हो ।

बैंकका अनुसार पाँच वर्षभन्दा माथिको जागिर भएकालाई २४ महिनाको तलब सुविधासहित बिदा दिने भएका छ । तर, सो अवधिभन्दा कमका कर्मचारीलाई भने २० महिनाको तलब सुविधासहित भीआरएस दिन लागेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्