बुधबार यी १० कम्पनीको लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आज बजार ४१.०६ अकंले बढेर २०६०.९१ बिन्दुमा बन्द भएको हो ।
आज २६५ कम्पनीको ५० लाख १० हजार ७१६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँको कारोबार भएको छ ।
बुधबार हिमालयन लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर प्रतिकित्ता ५९ रुपैयनन्ले बढेर प्रतिकित्ता ६५९ रुपैयाँ पुगेको छ ।
साथै, सुपर मोदी हाइड्रोपावरको ९.७५ प्रतिशत, मनकामना स्र्माट लघुवित्तको ९.५७ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ९.३९ प्रतिशत, एशियन हाइड्रोपावरको ८.९१ प्रतिशतले सेयर मूल्य बढेको छ ।
