२ लाख ६६ हजार कित्ता बिक्री भयो आज आइएमई लाइफको सेयर, कति पुग्यो मूल्य ? « Arthapath.com
६ असार २०८२, शुक्रबार

२ लाख ६६ हजार कित्ता बिक्री भयो आज आइएमई लाइफको सेयर, कति पुग्यो मूल्य ?



काठमाडौं । कारोबारमा आएको तेस्रो दिन आइएमई इन्स्योरेन्स साढे १५ करोड बराबरको सेयर किनबेच भएको छ । बुधवार एकैदिन कम्पनीको १५ करोड ५० लाख २६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज कम्पनीको २ लाख ६६ हजार ८१८ कित्ता सेयर किनबेच भएको छ । सो दिन कम्पनीको सेयर मूल्य भने सामान्य वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य १.४१ प्रतिशत अर्थात प्रतिकित्ता ८ रुपैयाँ ३० पैसाले मात्रै बढेको छ । योसंगै आज कम्पनीको सेयर मूल्य ५९७ रुपैयाँ ३० पैसा पुगेको छ ।

आइएमई लाइफको सेयर गत आइतबारदेखि कारोबारमा आएको हो । कम्पनीको ४ करोड कित्ता सेयर गत बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो । कारोबारको पहिलो दिनको स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता ५२९ रुपैयाँ ५० पैसामा कारोबार खुला भएको थियो ।


प्रतिक्रिया दिनुहोस्