सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १ लाख ३० हजार कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ?
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ३० हजार ४७९ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्युनतम प्रतिकित्ता मूल्य ४०० रुपैयाँ तोकेको छ ।
इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन पेश गर्ने सक्नेछन् । साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।












