७ श्रावण २०८३, बिहिबार

नेप्सेमा अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ?



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । बिहीबार अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरुमा वितरण गरी वैदेशिक रोजगारीमा रहेको नेपाली, सामुूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरुमा समेत विवरण गरेको ८ लाख ७० हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको १३ लाख ३० हजार कित्ता सेयर (धितोपत्र) समेत गरी जम्मा २२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको छ ।

आइपीओको ओपन रेञ्ज ८४ रुपैयाँ ५४ पैसा देखि २५३ रुपैयाँ ६२ पैसा रहेको छ । साथै, कम्पनीको नेप्से सिम्बोल युएसएचएल रहेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साउन २८ (आइतबार) देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्