नेप्सेमा अपर तामाकोशी हाइड्रोपावरको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक कम्पनीको शतप्रतिशत हकप्रद सेयर मूल्य समायोजन भएको छ । बिहीबार अपर तामाकोशी हाइड्रोेपावरको हकप्रद सेयर मूल्य समायोजन भएको हो ।
कम्पनीको आज सेयर बजार बन्द हुनुभन्दा अघिसम्म कायम सेयर मूल्य ३८६ रुपैयाँ १० पैसाका आधारमा नेप्सेमा हकप्रद सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य २४३ रुपैयाँँ ५ पैसा रहेको छ ।
अब कम्पनीको सेयर आइतबार साउन २८ गते देखि दोस्रो बजारमा कारोबार आउनेछ ।