कस्तो रह्यो गार्डियन माइक्रो र क्रेष्ट माइक्रो लाइफको पहिलो महिनाको व्यापार ?
काठमाडौं । एक महिनाअघि देखि संचालनमा आएको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले १२७ वटा बीमालेख बिक्री गरेको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
गार्डिन माइक्रो गत असार २२ गतेदेखि व्यवसायिक रुपमा संचालन भएको हो ।
एक महिनाको अवधिमा कम्पनीले १२७ बीमालेख बिक्री गरि १ लाख ४१ हजार रुपैयाँ बीमा शुल्क उठाएको छ । गार्डियन माइक्रो लाइफ नेपालकै पहिलो लघुबीमा कम्पनी हो । कम्पनीले कोशी प्रदेशको विराटनगरमा केन्द्रीय कार्यालय रहेको छ ।
यस्तै, अर्को लघुबीमा कम्पनी क्रेष्ट माइक्रो लाइफले पनि एक गत असारमा ९२ वटा बीमालेख बिक्री गरेको छ । प्राधिकरणको तथ्याङ्क अनुसार कम्पनीले ६४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरको छ । कम्पनीले गत साउन १० गतेदेखि कणाली प्रदेशको विरेन्द्रनगर केन्द्रीय कार्यालय रहने गरि औपचारिक कारोबार शुभाम्भ गरेको थियो ।













