२४ श्रावण २०८३, आइतबार

शाइन रेसुंगा डेभलपमेन्टको सेयर खरिद गर्ने आज अन्तिम मौका, प्रतिकित्ता कति ?



काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले संस्थापक सेयरमा आवेदन दिने आज अर्थात साउन २६ गते अन्तिम दिन रहेकोछ । कम्पनीले संस्थापक समूह तर्फको ५० हजार कित्ता सेयर लिलामी बिक्री खुलामा ल्याएको हो ।

उक्त सेयरको लागि न्यूनतम मूल्य १६५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

लगानीकर्ताले यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । सेयर खरिद गर्ने चाहने जो कोहि ब्यक्तिले पनि आवश्यक कागजात संकलन गरी लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, ट्रेड टावर थापाथली काठमाडौंमा बुझाउन पर्ने कम्पनीले जनाएको छ ।