७ श्रावण २०८३, बिहिबार

बुटवल पावरको मुनाफा मुनाफा २६ करोड ७३ लाख, अन्य सूचक कस्ता ?



काठमाडौं । बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेकोछ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा २६ करोड ७३ लाख २९ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा २.४९ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २७ करोड ४१ लाख ५० हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

असार मसान्तसम्मको अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ६.५३ प्रतिशतले घटेर ७२ करोड ४४ लाख १७ हजार रुपैयाँमा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको विद्युत बिक्रीबाट ७७ करोड ५० लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

यसअवधिमा कम्पनीको अन्य आम्दानी बढेर ८ करोड रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ, अन्य इक्विटी ३ अर्ब ५८ करोड २८ लाख ९२ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ १० पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्