९ श्रावण २०८३, शनिबार

वैदेशिक रोजगार बीमाबाट उठ्यो ३ अर्ब २१ करोड प्रिमियम



काठमाडौं । एक वर्षमा वैदेशिक रोजगारीमा गएका नेपालीको कामदारको १६ लाख बढी बीमालेख सक्रिय देखिएको छ । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत वर्ष वैदेशिक रोजगार बीमा अन्तर्गत १६ लाख २९ हजार ५७५ बीमालेख सक्रिय छन् । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु अनिवार्य रुपमा म्यादी बीमा गर्नुपर्दछ । सोही अनुसार नै गरिएको बीमामा सो संख्यामा पोलेसी सक्रिय देखिएको हो । पछिल्लो समय बैदेशिक रोजगार बीमालाई पुल मार्फत सञ्चालन गरिएको छ ।

हाल नेशनल लाइफ, नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरशेन (एलआईसी नेपाल), एशियन, आइएमई लाइफ, सन नेपाल लाइफ, रिलायवल लाइफ, सिटीजन लाइफ, सूर्यज्योति, सानिमा लाइफ र प्रभु लाइफले वैदेशिक रोजगार बीमा गरिरहेका छन् ।

गत वर्ष वैदेशिक रोजगार बीमा गर्ने कम्पनीहरुले ३ अर्ब २१ करोड ८८ लाख ७८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । समिक्षा अवधिमा वैदेशिक रोजगार बीमाको दायित्व (बीमाङ्क रकम) ५० अर्ब ९८ करोड ५५ लाख ७० हजार रुपैयाँ रहेको छ ।
गत वर्ष सबैभन्दा धेरै वैदेशिक बीमालेख सन नेपाल लाइफले बिक्री गरेको छ । कम्पनीले ५ लाख ४६ हजार ९२५ बीमालेख जारी गरि कुल १ अर्ब ८ करोड १ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

दोस्रो स्थानमा नेपाल लाइफ इस्स्योरेन्स कम्पनी देखिएको छ । गत वर्ष कम्पनीले वैदेशिक रोजगार बीमाबाट ४७ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । समिक्षा अवधिमा कम्पनील्े कुल २ लाख १७ जार ८९२ बमिालेख जारी गरेको छ ।
तेस्रो स्थानमा रहेको आइएमई लाइफले वैदेशिक रोजगार बीमा मार्फत ४३ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क उठाएको छ । गत वर्ष कम्पनीले १ लाख ९ हजार ६३५ वट वैदेशिक बीमालेख बिक्री गरेको छ ।

यस्तै, सूर्यज्योति लाइफले २ लाख ७६ हजार ८३० वटा बीमालेख जारी गरि ३९ करोड १० लाख रुपैयाँ, सानिमा रिलायन्सले ६२ हजार ४९९ बीमालेख जारी गरि कुल २५ करोड ५३ लाख बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरि सिटिजन लाइफ १ लाख २६ हजार ८२८ वटा बीमालेख बिक्री गरि १९ करोड ९० लाख रुपैयाँ, रिलायवल नेपालले ४१ लाख ८४२ बीमालेख बिक्री गरि १९ करोड १५ लाख, नेशनल लाइफले ३५ हजार ४६ वटा बीमालेख बिक्री गरि १४ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् । यस्तै, साविकको प्रभु लाइफले २ करोड ३४ लाख र एशियन लाइफले १ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्