साना किसान विकास लघुवित्त: नाफासहित मुख्य सूचकमा आकर्षक सुधार, सेयरधनीलाई ५२.२०% लाभांश दिन सक्ने « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

साना किसान विकास लघुवित्त: नाफासहित मुख्य सूचकमा आकर्षक सुधार, सेयरधनीलाई ५२.२०% लाभांश दिन सक्ने



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नाफा दोहोरो अंकले वृद्धि भएको छ । कम्पनीको नाफा एक वर्षमा १६.७५ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ६९ करोड ७३ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर, गत आव २०७९/८० को असार मसान्तसम्म आईपुग्दा कम्पनीको नाफा ११ करोड ६८ लाख रुपैयाँले बढेर ८१ करोड ४१ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीले सोमबार सार्वजनिक गरेको गत आवको चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । हालसालै आरएमडीसी लघुवित्तसंग मर्जरमा गएको कम्पनीले मुख्य सूचकहरुमा सुधार गरेको देखिएको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि २३.९७ प्रतिशतले बढेर १ अर्ब ६६ करोड ९ लाख ८२ हजार रुपैयाँ पुगेको छ । यता, संचालन नाफा पनि १६.६४ प्रतिशतले वृद्धि भई १ अर्ब १६ करोड ८ लाख ६० हजार रुपैयाँ पुगेको छ । कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफा बढेकाले नै खुद नाफा वृद्धिमा टेवा पुगेको हो ।

कम्पनीको वितरणयोग्य नाफा १ अर्ब ७३ करोड ९३ लाख १८ हजार रुपैयाँ रहेको छ । यो अघिल्लो आवको तुलनामा भने वितरयोग्य नाफा १०९.७७ प्रतिशतले बढेको हो । कम्पनीले आफ्ना सेयरधनीहरुलाई ५२.२० प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ३ अर्ब ५१ करोड १८ लाख ६३ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ २५९ रुपैयाँ ३९ पैसा कायम भएको छ । कम्पनीको खराब कर्जामा पनि सुधार गरेको देखिएको छ । हाल कम्पनीसंग ०.६१ प्रतिशत मात्रै खराब कर्जा छ ।


प्रतिक्रिया दिनुहोस्