९ श्रावण २०८३, शनिबार

प्रतिकित्ता ३१३ रुपैयाँमा नै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर किन्ने मौका



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ६ लाख ९७ हजार ६८७ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता ३१३ रुपैयाँ रहेको छ ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय बबरमहलमा आइपुग्नेगरी आवेदन पेश गर्ने सक्नेछन् ।

साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्