छिमेक लघुवित्तको नाफा अर्ब क्लबमा, वितरणयोग्य नाफामा समेत छलाङ, अन्य सूचक कस्ता ?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा अर्ब क्लबमा प्रवेश गरेकोछ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको मुनाफा १ अर्ब ६ करोड १९ लाख २६ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १२.१० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ९४ करोड ७२ लाख २२ हजार रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनीको संचालन नाफा १४.३१ प्रतिशतले बढेर २ अर्ब ८५ करोड ३४ लाख ८० हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको ब्याज आम्दानी २ अर्ब ४९ करोड ६० लाख ९३ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ४५ करोड ८६ लाख २३ हजार रुपैयाँ संचालन नाफा गरेको कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा बढाएर १ अर्ब ५४ करोड १८ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीको २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँ, जगेडा कोष ८.३५ प्रतिशतले बढेर २ अर्ब ४२ करोड ९४ लाख २ हजार रुपैयाँ, वितरण योग्य नाफा ४१.१४ प्रतिशतले बढेर ८३ करोड ८ लाख रुपैयाँ र खराब कर्जा १.७२ प्रतिशत रहेको छ ।
यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ २७ पैसा रहेको छ ।