नेष्डो समृद्ध लघुवित्तको मुनाफा साढे १४ करोड, वितरण योग्य नाफा र ईपीएस कति ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९।०८० को चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । उक्त रिपोर्ट अनुसार कम्पनीले १४ करोड ६७ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा २८.८० प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा २० करोड ६१ लाख २९ हजार रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनीको ब्याज आम्दानी २.८१ प्रतिशतले घटेर ३८ करोड ११ लाख ६४ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ३९ करोड २२ लाख १५ हजार रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्ममा कम्पनीको संचालन नाफा २८.९९ प्रतिशतले घटेर २० करोड ९६ लाख ४१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा २९ करोड ५२ लाख ५० हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी २५ करोड ५० लाख रुपैयाँ, जगेडा कोष ३.३३ प्रतिशतले घटेर २५ करोड ५१ लाख २ हजार रुपैयाँ, १० करोड ४९ लाख ८१ हजार रुपैयाँ, सापटी १५ करोड र खराब कर्जा ७.७२ प्रतिशत रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ५७ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ ३२९ रुपैयाँ ७२ पैसा रहेको छ ।