दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार सामान्य अंकले घटेको छ । आज बजार ३.६१ अकंले घटेर २०७७.२४ बिन्दुमा बन्द भएको हो ।
आज २७९ कम्पनीको ५४ लाख १७ हजार ९२८ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ९ करोड १३ लाख ९० हजार ६३८ रुपैयाँको कारोबार भएको छ ।
आज दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आइतबार थ्रिस्टार हाइड्रोपावर र अपर स्याङ्गे हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको हो ।
साथै, सिवाईसी नेपाल लघुवित्तको ७.४४ प्रतिशत, इन्फिनिटी लघुवित्तको ५.९० प्रतिशत, इमर्जिङ्ग नेपाल ५.९० प्रतिशतले सेयर मूल्य बढेको छ ।
