आइएमई लाइफको सेयरमा झुम्मिए लगानीकर्ता, कति भयो कारोबार ? « Arthapath.com
६ असार २०८२, शुक्रबार

आइएमई लाइफको सेयरमा झुम्मिए लगानीकर्ता, कति भयो कारोबार ?



काठमाडौं । तीन दिन लगातार सुधार देखिएको बजारमा आज सामान्य करेक्सन दिएको छ । बजार आज झिनो अंकले घटे पनि कारोबार रकम भने खुम्चिएको छ ।

बजार आज ३.६१ अकंले घटेर २०७७.२४ बिन्दुमा बन्द भएको छ । ५४ लाख १७ हजार ९२८ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ९ करोड १३ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ ।

आज आइएमई लाइफको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको सेयर ११ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, सोल्टी होटलको १० करोड ८७ लाख रुपैयाँ, घोराहि सिमेन्टको ८ करोड ९८ लाख रुपैयाँ, माछापुछ«े बैंकको ६ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्