डिप्रोक्स लघुवित्तको मुनाफा ३७ करोड माथि, ब्याज आम्दानी अर्ब क्लबमा (विवरणसहित)

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९।०८० को चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार कम्पनीको मुनाफा ३७ करोड १९ लाख ३० हजार रुपैयाँ रहेको छ । तर, उक्त नाफा अघिल्लो आवको भन्दा ३२.७६ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको मुनाफा ५५ करोड ३१ लाख ८३ हजार रुपैयाँ रहेको थियो ।
यसअवधिमा कम्पनीको ब्याज आम्दानी ९.२७ प्रतिशतले घटेर १ अर्ब २४ करोड ५३ लाख ८३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १ अर्र्ब ३७ करोड २७ लाख २१ हजार रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्मको अवधिमा कम्पनीको ३३.२९ प्रतिशतले घटेर ५३ करोड १३ लाख २८ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको उक्त नाफा ७९ करोड ६५ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ११.८० प्रतिशतले बढेर १ अर्ब ५५ करोड १० लाख ८८ हजार रुपैयाँ, जगेडा कोष ६.७२ प्रतिशतले बढेर १ अर्ब १६ करोड ६१ लाख रुपैयाँ, सापटी ८ अर्ब ८५ करोड ९३ लाख रुपैयाँ, वितरणयोग्य नाफा ६.७१ प्रतिशतले घटेर ६६ करोड २१ लाख ५० हजार रुपैयाँ र खराब कर्जा १३.८२ प्रतिशत रहेको छ ।
यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ ८७ पैसा रहेको छ ।