सूर्योदय वोमी लघुवित्तको मुनाफा ४२.९० प्रतिशतले खस्कियो, ईपीएस र वितरणयोग्य नाफा कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सूर्योदय वोमी लघुवित्तको मुनाफा ४२.९० प्रतिशतले खस्कियो, ईपीएस र वितरणयोग्य नाफा कति ?



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा ७ करोड ९७ लाख ३७ हजार रुपैयाँ रहेको छ । तर, उक्त नाफा अघिल्लोको आवको भन्दा ४२.९० प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको मुनाफा १३ करोड ९६ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी भने २१.९१ प्रतिशतले बढेर ५७ करोड ९० हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिमा भने कम्पनीको उक्त आम्दानी ४६ करोड ७६ लाख ७ हजार रुपैयाँ रहेको थियो।

अघिल्लो आवको भन्दा चौथो त्रैमाससम्ममा १९ करोड ९४ लाख ८१ हजार रुपैयाँ संचालन नाफा गरेको कम्पनीले गत आवको सोहि अवधिमा आइपुग्दा उक्त नाफा ४३.७० प्रतिशतले घटेर ११ करोड २३ लाख २८ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा चुक्तापूँजी १५ प्रतिशतले बढेर ९१ करोड ७ लाख ८२ हजार रुपैयाँ, जगेडा कोष २.१९ प्रतिशतले घटेर १ अर्ब २२ करोड ३५ लाख २७ हजार रुपैयाँ, वितरणयोग्य नाफा ६ करोड ९० लाख ६६ हजार रुपैयाा र खराब कर्जा ६.७८ प्रतिशत रहेको छ ।

यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६३ पैसाबाट घटेर ८ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ २५५ रुपैयाँ २४ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्