२४ श्रावण २०८३, आइतबार

यस्तो छ मध्य भोटेकोशी जलविद्युत कम्पनीको दुई साधारण सभाको ‘माइन्युट’



काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले १०औं र ११औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सभामा आर्थिक वर्ष २०७७.०७८/२०७८/०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ । साथै कम्पनीको संचालक समितिको लेखापरीक्षकमा एचकेएसडि एसोसियट्स, चार्टर्ड एकाउन्टेन्टलाई लेखापरीक्षण समितिको सिफारिस अनुसार १ लाख ७८ हजार लेखापरीक्षण शुल्क निर्धारण गरी लेखापरीक्षण्क नियुक्त अनुमोदन र आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेके छ ।

त्यस्तै, विभिन्न संघ संस्थालाई आर्थिक सहायत दिएको रकम अनुमोदन र संचालक समितिको सदस्यको निर्वाचन सम्बन्धि समेत छलफल हुने कार्य सूची रहेको छ ।