एनआईबिएल सहभागिता फण्डले लाभांश वितरण गर्न सुरू - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एनआईबिएल सहभागिता फण्डले लाभांश वितरण गर्न सुरू



काठमाडौं। एनआईबिएल सहभागिता फण्डले लाभांश वितरण गर्न सुरू गरेको छ । गत आर्थिक वर्ष ०७९।८० को लाभांश वितरण सुरु गरेको हो ।

एनआइएमबि एस क्यापिटल लिमिटेडले साउन ३२ गतेदेखि सम्बन्धित इकाईधनीहरूको बैंक खातामा लाभांश वितरण गर्न गरेकोछ । गत वर्षको मुनाफाबाट कर समेत ४ प्रतिशत वितरण गरेको हो ।

खुलामुखी प्रकृतिको यस योजनामा सहभागी इकाईधनीहरूले कर तथा निर्धारित डिपि शुल्क कट्टा गरी बाँकी रहेको रकमबाट यस योजनाको थप इकाईहरू खरीद गर्न सकिने व्यवस्था गरिएको हो । यस वर्षको लाभांश प्रयोजनका लागि साउन ११ गते बुक क्लोज गरिएको हुँदा साउन १० गतेसम्म कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्