प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक निष्कर्ष बिहीन
काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाउनुभएको सर्वदलीय बैठक पनि बिना निष्कर्ष सकिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आईतवार दिउँसो सिंहदरवारमा बोलाउनुभएको सर्वदलीय बैठकमा पनि संसद सुचारु गराउने विषयमा सहमति बन्न नसकेको हो । जसरी पनि संसद बैठक सुचारु गराउनुपर्छ भन्ने विषयमा कुराकानी भएको र भोलि बस्ने बैठकबाट त्यसमा सहमति हुने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जानकारी लिए ।। बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिआईवीको अनुसन्धान प्रभावित हुने भएकाले अन्य छानबिन समिति तत्कालका लागि बन्न नहुनेमा जोड दिए ।
अनुसन्धानले गति लिएकाले त्यसको प्रतिवेदन नआउँदासम्म पर्खन उपयुक्त हुने कुरा बैठकमा गृहमन्त्रीले राख्नुभएको पनि लामिछानेले बताए। रास्वपा सभापति लामिछानेका अनुसार भोलि फेरि बैठक बस्ने र दलहरुबीच संसद खुलाउने विषयमा सहमति जुट्नेछ । प्रमुख प्रतिपक्ष एमालेले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडान राख्दै गत साउन १० गतेदेखि संसद बैठक अवरुद्ध हुदै आएको छ ।













