७ लाख ६८ हजारले पाउने सन नेपाल लाइफको आइपीओमा कति पर्यो आवेदन ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

७ लाख ६८ हजारले पाउने सन नेपाल लाइफको आइपीओमा कति पर्यो आवेदन ?



काठमाडौं । ७ लाख ६८ हजार जनाले १०।१० कित्ताका दरले सेयर हात पार्ने सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओमा १२ लाख २१ हजार १४२ जनाले आवेदन दिएका छन् । प्रिमियम मुल्यमा निष्काशन गरेको आइपीओमा आज अर्थात भदौ ३ गते साँझ ५ः०६ बजेसम्म १ करोड ३९ लाख ५३ हजार ८९० कित्ताका लागि आवेदन दिएका हुन् । जस मार्फत ३ अर्ब ३३ करोड ४९ लाख ७९ हजार ७१० रुपैयाँ संकलन भएको छ ।

कम्पनीले साउन ३२ गतेबाट सर्वसाधारणलाई प्रिमियम मुल्यमा आइपीओ निष्काशन गरेको हो ।जसमा भोलि अर्थात भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०५ ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गर्न लागेको हो । प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा ९६ लाख कित्ता आइपीओ सर्वसाधारणलाई निष्कासन गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ । साथै, ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सेयर कर्मचारी र ५प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्