‘बागलुङ समाज जापान’ले तीज कार्यक्रम गर्दै, भलिबल प्रतियोगिता र चैते दसैँ मेलाको पनि तयारी
काठमाडौं । बागलुङ समाज जापानले विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । समाजले विभिन्न चाडपर्व लक्षित मनोरञ्जनात्मक तथा प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्ने भएको हो ।
समाजले आगामी सेप्टेम्बर १६ मा तीज कार्यक्रम गर्ने भएको छ । हालसालै बसेको समाजको नियमित बैठकले सो निर्णय गरेको हो । समाजका अध्यक्ष यामकान्त कँडेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले अगामी नेभेम्वर १ मा रनिङ्ग भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।
त्यसैगरि आगामी डिसेम्बर १० मा भने चैत दशै मेलाको तयारीका लागि गोलमेच सम्मेलन गर्ने निर्णय गरेको समाजका प्रवक्ता रामु खत्रीले बताए । उनले भने,–‘बागलुङ समाज जापानले चाडपर्व लक्षित विभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक तथा प्रतियोगितात्मक कार्यक्रम गर्ने भएको छ । विशेषगरि नेपाली नारीहरूको महान् चाड तीज, चैते दशै मेला आयोजना लगायतको तयारी थालिएको छ ।’













