१७ घण्टापछि संचालनमा आयो मुग्लिन–नारायणगढ सडक खण्ड
काठमाण्डौ । मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । सोमवार अर्थात भदौ ४ गते राति पहिरो खसेर बन्द भएको सडक झन्डै १७ घण्टापछि सञ्चालनमा आएको हो ।
राति ८ बजेतिर खसेको पहिरोका कारण पूर्णरूपमा बन्द भएको सडक दिउँसो १२ बजेर ५५ मिनेटमा सञ्चालनमा आएको सडक डिभिजन भरतपुरतले जनाएको छ । लामो समय सडक अवरुद्ध हुदाँ हजारौ यात्रु बाटो मै अलपत्र परेका थिए ।













