प्रतिकित्ता १४५ रुपैयाँमा नै सानिमा बैंकको सेयर सर्वसाधारणका लागि बिक्रीमा
काठमाडौं । सानिमा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ६७ हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।
जसका लागि न्यूनतम मूल्य १४५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।
उक्त सेयर खरिद गर्ने चाहने जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौ ५ गते) ले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।













