लाभांश पारितका लागि ज्योति क्यापिटलले बोलायो भदौ २१ गते साधारण सभा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

लाभांश पारितका लागि ज्योति क्यापिटलले बोलायो भदौ २१ गते साधारण सभा



काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको प्रथम वार्षिक साधारण सभा भदौ २१ गतेका लागि बोलाएको छ । सभा ज्योति विकास बैंकको केन्द्रिय कार्यालय सभाहल कमलपोखरीमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै, क्यापिटलको केन्द्रिय कार्यालयको ठेगाना परिवर्तन गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ ।


प्रतिक्रिया दिनुहोस्