सेयर बजारमा दोहोरो अंकको उछाल: कारोबार रकम पनि बढ्यो, तीन कम्पनीमा झुम्मिए लगानीकर्ता « Arthapath.com
५ असार २०८२, बिहीबार

सेयर बजारमा दोहोरो अंकको उछाल: कारोबार रकम पनि बढ्यो, तीन कम्पनीमा झुम्मिए लगानीकर्ता



काठमाडौं । सेयर बजारमा बढोत्तरीले निरन्तरता पाएको छ । बुधवार पनि बजार दोहोरो अंकले वृद्धि भएको हो ।

साताको चौथो कारोबार दिन २९.४७ अंकले बढेरको छ। नेप्से परिसुचक पनि २ हजार बिन्दु माथि उक्लिएको छ । आज परिसुचक २०४५.४५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूहमा हरियाली छाएको छ ।

मंगलबार पनि बजार दोहोरो अंकले नै बढेको थियो । बुधवार कारोबार रकम पनि बढेको छ । आज १ अर्ब ५१ करोड ४ लाख ८८ हजार रुपैयाँ बराबरको ४२ लाख ३७ हजार ६९ कित्ता सेयर किनबेच भएको छ।

उक्त दिन सबैभन्दा धेरै सेयर खरिदबिक्री घोराही सिमेन्टको भएको छ। आज कम्पनीको ७ करोड ५७ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबार रकमका आधारमा दोस्रो स्थानमा रहेको सोल्टी होटेलको पनि ७ करोड ६ लाख २९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, आइएमई लाइफको ५ करोड ४६ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्