समता घरेलुले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

समता घरेलुले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्ने



काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्ने भएको छ । दुई लघुवित्तले आज अर्थात भदौ ७ गते प्राप्ति सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

हाल समताको चुक्ता पुँजी ३९ करोड ४१ लाख ५५ हजार र मनकामनाको १४ करोड ८४ लाख ७८ हजार रुपैयाँ रहेको छ । समताले मनकामनालाई प्राप्ति गर्ने भएसँगै नेप्सेले दुवै लघुवित्तका आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का गरेको छ ।

समताको केन्द्रिय कार्यालय काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा न ७ मा रहेको छ भने मनकामनाको केन्द्रिय कार्यालय रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका वडा न ५ मा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्