सस्तिदैं कम्पनीहरुको सेयर मूल्य, आज २०२ कम्पनीको मूल्य घट्यो « Arthapath.com
५ असार २०८२, बिहीबार

सस्तिदैं कम्पनीहरुको सेयर मूल्य, आज २०२ कम्पनीको मूल्य घट्यो



काठमाडौं । बजार आज ३१.५२ अकंले घटेर २०१३.९३ बिन्दुमा बन्द भएको छ । आज २७५ कम्पनीको ४६ लाख ५७ हजार १३७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ५५ करोड ५ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ ।

बजार राताम्य हुदाँ कम्पनीको सेयर मूल्य सस्तो बन्दै आएको छ । मैलुङ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर ८.५४ प्रतिशतले घटेको छ ।

साथै, समता घरेलु लघुवित्तको ८.०९ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स फण्डको ७.८० प्रतिशत र रावा इनर्जीको ७.७४ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्