खाद्यान्नमा मूल्यवृद्धि आकासिएको छ, बजार अनुगमन गरियोस्ः सांसद यादव - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

खाद्यान्नमा मूल्यवृद्धि आकासिएको छ, बजार अनुगमन गरियोस्ः सांसद यादव



काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी सांसद रेखा यादवले खाद्यान्नको मुल्यवृद्धि भएकोप्रति बजार अनुगमन गर्नु पर्ने बताएका छिन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद यादवले चामल, चिनी, आँटा, प्याज लगायतको मूल्यवृद्धि आकासिएको बताईन। मूल्यवृद्धि नियन्त्रण गर्नका लागि बजार अनुगमन गर्नुपर्ने बताईन । पहिले नै व्यापारिहरुले भण्डारण गरेका खाद्य सामग्रीहरुलाई बाहिर निकालेर उचित मूल्यमा बिक्री गर्नुपर्ने उनको भनाइ रहेको थियो ।

उनले भनिन, ‘हाम्रो छिमेकी मुलुक भारतले चामल, चिनी, आँटा लगायत खाद्यान्न वस्तुको निर्यातमा भ्याट लगाइसकेपछि नेपाली बजारको मूल्यवृद्धि आकासिएको छ । यसैगरी प्याज त झन खानै नसक्ने, किन्नै नसक्ने,देख्नै नसक्ने भएको छ । सम्बन्धित निकायसँग म आग्रह गर्न चाहन्छु, बजार अनुगमन गरियोस् र व्यापारिहरुले पहिलेदेखि नै भण्डारण गरिरहेको खाद्य सामग्रीहरु बाहिर निकालोस् । उचित मूल्य लगाइ बजारमा ल्याओस् ।’

सांसद यादवले दलित समुदायको अवस्थामा अझैपनि परिवर्तन हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले दलित समुदायलाई कहिलेसम्म दास र भूमिहीन बनाइराख्ने भनि प्रश्न समेत गरे ।


प्रतिक्रिया दिनुहोस्